बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेको हो। आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।