कांग्रेस - एमालेमाथि सांसद सिंहको कटाक्ष : विश्वविद्यालयको जग्गा आधा-आधा बाड्नुस्  

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेलाई विश्वविद्यालयको जग्गा बाँडेर लिनु भन्दै कटाक्ष गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा आधा(आधा बाँड्नू भन्दै कटाक्ष गरेका हुन्  ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको दशा दुई वटा दलले गरेका छन् । दुई दलले आधा-आधा सम्पत्ति बाँडौँँ र पार्टी अफिस बनाऔँ ।’

उनले दुई दलले विद्यार्थीलाई विदेश लखेटेको भन्दै दलको नाममा जग्गा दर्ता गराए हुने बताए ।