मंगोलियाको उलान बातोरमा गर्मी याममा पर्यो हिमपात 

एजेन्सी । मंगोलियाको राजधानी उलान बातोरलगायत केही भागमा गर्मी याममा समेत हिमपात भएको छ । बिहीबार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भू–भागमा भारी वर्षा भइरहेको छ ।

शुक्रबार बिहानैदेखि हिमपात भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ । गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरूले बताएका छन् । 

देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

त्यहाँका मौसमविद्हरूले अस्थिर मौसमको अवस्था सप्ताहन्तसम्म जारी रहने बताएका छन् ।