कथाकार पार्वतीको पहिलो रात बिमोचित

काठमाडौँ - कथाकार पार्वती शाहीले आफ्नो पहिलो कथा सङ्ग्रह ‘पहिलो रात’ पाठकमाझ ल्याएकी छिन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच यो पुस्तकको लोकार्पण गरिएको छ ।

मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह, कथाकारद्वय राजेन्द्र पराजुली र बिनाथिङ तामाङले यो पुस्तकको सँयुक्त रुपमा लोकार्पण गरे ।
बिना थिङ तामाङले कथामाथि बोल्दै पहिलो कथा सङ्ग्रह भए पनि कथा पढ्दा स्थापित लेखकको जतिकै रोचक र नयाँ विषयवस्तु र आञ्चलिकता भएको कथाहरू समावेश भएको बताईन ।

कथाकार राजेन्द्र पराजुलीले महिला लेखक भएपनि पुरुष र महिलाको विषयवस्तु शसक्त कथाहरू आएको छ भने । कथाकार महेशविक्रम शाहले कथा लेखक क्लबमा स्वागत गर्दै सुदुरपश्चिमको आञ्चलिकता, विषय कथाहरू आएको शाहीको कथामा समेटिएको बताए । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।