नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने, लिग आगामी जुलाईमा हुँदै 

 काठमाण्डौँ - नेपाली राष्ट्रिय क्रिकेट टीमका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । 
नेपाली टिमका कप्तान रोहित पौडेलसहित अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । 

ग्लोबल टी–२० लिग आगामी जुलाईमा हुने छ । सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी–२० खेलेका थिए । रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।