मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री दाहाल

 काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन् । उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाई सामेल गराउने गृहकार्य सुरु गरेका हुन् । 

गत फागुन २१ गते सत्ता समीकरण बदलिए पछि वर्तमान मन्त्रिपरिषद्मा सहभागी प्रमुख घटक एमालेले महत्वपूर्ण मन्त्रालय नपाएको चर्चा भइरहँदा प्रधानमन्त्री दाहालले एमाललेलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी गरेका छन् ।