लगातार ४ दिन बढ्यो नेप्से, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.५४ अंकले बढेर बढेर २ हजार १३१.४९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले बढेर ३८२.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा ब्याजदर घट्दै जाँदा र राष्ट्र बैंकको लचिलो समीक्षाका कारण लगानीकर्ताको मनोबल बढेका कारण बजारमा क्रमिक सुधार आईरहेको छ ।