शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - आज नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २४ करोड ४२ लाख बढीको सेयर कारोबार भयो ।  
त्यस्तै आज पोखरा फाइनान्सको २१ करोड १२ लाख,सिडिईबि हाईड्रोको १७ करोड ५३ लाख र फर्स्ट माईक्रो फाइनान्सको पनि १७ करोड ५३ लाख बढीको सेयर कारोबार  भयो ।  

आज सामुदायिक लघुवित्त र बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो । आज एनएमबी बैंकको सेयरमूल्य ८.४७ प्रतिशत,कृषि विकास बैंकको ७.०७ र नबिल बैंकको सेयरमूल्य ६.५८ प्रतिशतले बढ्यो ।  

आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.०५ प्रतिशतले घट्यो । यो दिन मध्य भोटेकोशीको सेयरमूल्य ६.४ प्रतिशत,समाज लघुवित्तको ५.३२ र पिपुल्स पावरको सेयरमूल्य ४.८८ प्रतिशतले घट्यो ।