पूर्व राष्ट्रपति बिद्यादेबिलाई  ‘गणतन्त्र गौरव सम्मान’ : माधव नेपालद्धारा बहिष्कार 

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा नजाने भएका छन् । 

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ । 

गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमामका पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्दैछ । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई समेत निम्ता गरिएको सो कार्यक्रममा नेता नेपाल भने नजाने भएका हुन् ।