देउवाप्रति संकेत गर्दै ओलीले भने, “मेरा पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ”

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘पुरानो मित्र’ बताउँदै घरीघरी जोशिने बताएका छन् ।

देउवाले मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै प्रश्न गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दैै ओलीले देउवाप्रति यस्तो टिप्पणी गरेका हुन् ।
 

“मेरा पुरा मित्र घरीघरी अलि जोशिनुहुन्छ,” देउवाप्रति संकेत गर्दै ओलीले भने ।