लघुवित्तका ऋणीलाई ४० प्रतिशत आईपीओ छुट्याइने 

काठमाडौँ । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गर्न लागेको सेयरको ४० प्रतिशत हुन आउने सेयर आफ्ना ऋणीलाई छुट्याउनु पर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले गत सोमबार संसद्‍मा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन)  विधेयक, २०८० दार्ता गराएका छन् । यो प्रस्ताव संसद्बाट पारित भए लागु हुनेछ ।

अहिले लघुवित्तले वैदेशिक रोजगारीमा गएकाहरू र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

मुल ऐनको परिच्छेद–३ को धितोपत्रको कारोबार सम्बन्धी व्यवस्थको दफा ९ मा एउटा बुँदा थपेको छ । मुल ऐनको दफा ९ को उपदफा (७) पछि लघुवित्तका ऋणीहरूलाई सेयर दिने व्यवस्था थप गरिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ को उपदफा (१) बमोजिम बैंक वा वित्तीय संस्थाले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनु पर्ने व्यवस्था छ ।