करिब १२ किलो चरेशसहित २ जना पक्राउ    

काठमाडौँ । प्रहरीले वीरगञ्ज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट करिब १२ किलो २४० ग्राम लागुऔषध चरेशसहित २ जना भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले भारतको विमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजासमेत २ जनालाई चरेशसहित शुक्रवार दिउँसो पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त गेष्ट हाउसको खानतलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।