ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा १३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।