बलात्कारको आरोपमा बर्दिया बाँसगढीका वडाध्यक्ष पक्राउ

काठमाडौँ । बलात्कारको आरोपमा बर्दिया बाँसगढीका वडाअध्यक्ष पक्राउ परेका छन् ।

२० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्।

उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । 

युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। पक्राउ परेका आरोपीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए ।