ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले  ‘ग्रिन ड्राइभ’ योजना सार्वजनिक गरेको छ। अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्धन गर्न न्यूनतम ब्याजदरमा उक्त योजना सार्वजनिक गरेको हो ।

व्यक्तिगत प्रयोजनका लागि विद्युतीय चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ।

कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढीको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर  छ। 

ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारीसाधनको प्रयोग गर्ने मनस्थिति बनाएकाहरू यो योजनाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।