नेप्से परिसूचक घटेको घट्यै, तीन अर्ब २० करोड रुपैयाँको कारोबार  

काठमाडौँ ।  साताको अन्तिम करोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २०.७६ अंकले घटेर बन्द भएको छ ।

नेप्से १.०२ प्रतिशतले घटेर २००५.८३ विन्दुमा बन्द भएको हो । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।