पर्सामा पेस्तोलसहित दुईजना पक्राउ   

काठमाडौँ ।  पर्सामा कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति बहुदरमाई नगरपालिका–९ बाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले पर्साले जनाएको छ ।

कटुवा पेस्तोल १ थानसहित पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाउँपालिका–९, कटिबलुवाका ४४ वर्षीय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९, बैरियाबिर्ताका ३७ वर्षीय शिवपुजन मुखिया छन् ।

ना१२प ४९७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरिए हो ।