एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। एभरेष्ट बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (करसहित)  वितरण गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।