नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोवार रकम कति ? 

काठमाडौँ - मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.२२ अंकले घटेर १८२९.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

आज दुई सय ८५ कम्पनीको ३७ हजार ६०७ पटक कारोबारमा ३६ लाख ७५ हजार १०१ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३ रूपैयाँको कारोबार भएको छ ।

आज म्युचल फण्डबाहेकका उपसूचक घटेका छन् । म्युचल फण्ड ०.४२ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.५३, विकास बैंक ०.८८, वित्त १.५७, होटल तथा पर्यटन २.६२, जलविद्युत १.३९, लगानी ०.६३, जीवन बीमा १.२२, उत्पादन ३.१२, माइक्रोफाइनान्स २.८९, नीर्जीवन १.३९, अन्य १.७५ र व्यापार १.१२ प्रतिशतले घटेको छ ।