राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई दिईने 

काठमाडौँ - राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ ।

नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना भएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई प्रदान गर्न लागेको हो । उक्त पुरस्कारको राशि रु एक लाख र ताम्रपत्र रहेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु १६ लाखको अक्षयकोष स्थापना गरिएसँगै उक्त अक्षयकोषबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिने निर्णयअनुसार पहिलो पटक प्रा डा त्रिपाठीलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।