‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक, पौष २७ मा रिलिज

काठमाडौँ - आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यू अभिनेता कुन्दन भारद्वाज र डेव्यू अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ। दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ।

बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, मौसम पौडेल, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ। सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए। फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।