आम सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्छौ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्ने बताएका छन्।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए।

उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए।

उनले भने, ‘यो नयाँ शहररुको बारेमा के हुँदैछ ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ। संसदको भवन जुन छ, त्यसमा पनि म आउँदा कति प्रगति भएको छ भनेर सोधेँ। ८२ प्रतिशत त प्रगति भइसकेको छ। ८२ प्रतिशत प्रगति भएर के गर्नु ? त्यहाँ गएर पाल्र्यामेण्ट चलाउन सकिँदैन। सबै बनेर साउण्ड सिस्टम भएन भने कसरी चल्छ ? केही समस्या भए, अवरोध भए हटाउन केही सकिन्छ कि भनेर लागिरहेका छौँ।