रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ छलफलको कार्यसूची

काठमाडौँ । स्थानीय तह निर्वाचन र राष्ट्रिय भेला लगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूची तय गरिएको जनाइएको छ ।

बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ ।

केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।