रास्वपाले मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री मुकुल ढकाललाई अन्तिम एक पटक स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट कारबाही किन नगर्ने भनेर अन्तिम एकपटक स्पष्टीकरण सोध्ने भएको हो । यसअघि महामन्त्रीबाट निष्कासित भइसकेका ढकालको साधारण सदस्यता भने कायमै थियो ।

रास्वपाले गत साउन ३० मा साधारण सदस्यबाट किन निष्कासित नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ मुकुलले साउन ३१ गते दिइसकेका छन् । उनले जवाफ सामाजिक सञ्जालमा पनि राखेका छन् ।