तीन दिनभित्र अस्पतालका कर्मचारीको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन  

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ मातहतका अस्पताल तथा निकायहरूको कर्मचारी विवरण खोज्न थालेको छ ।

मन्त्रालयले बिहीबार पत्राचार गर्दै दरबन्दीअनुसार कर्मचारी रिक्त भएको वा बढी भएको तथा फाजिलमा रहेका समेतको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।

स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक कर्मचारी विवरण माग गर्दै आएको छ ।