कुरिनटारमा ट्रक र माइक्रो बस ठोक्कियो, १३ यात्रु घाइते 

काठमाडौँ - चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई आज बिहान ट्रकले ठक्कर दिएको हो ।

गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ ।