माओवादी केन्द्र छाडेका रामकुमार शर्मा दम्पती जसपामा प्रवेश गर्दै

 काठमाडौँ - गत चैतमा माओवादी केन्द्र परित्याग घोषणा गरेका महोत्तरीका नेता रामकुमार शर्मा र पत्नी इन्दु शर्मा जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । उनीसहित माओवादीका केही नेता तथा कार्यकर्ता आज जसपा प्रवेश गर्न लागेका हुन् ।

शर्मासँगै माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पूर्व सांसद इन्दु शर्मा पनि जसपा प्रवेश गर्न लागेकी हुन् । उनीहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले महोत्तरीको जलेश्वरमा पार्टी प्रवेश गराउने कार्यक्रम छ । 

जनताको मुद्दामा माओवादी केन्द्र इमान्दार नभएको तथा आन्तरिक किचलोले मधेशका मुद्दा र संगठन अस्तव्यस्त भएको भन्दै माओवादी छाडेको शर्माले बताएका हुन् । आफू पुरानै घर जसपामा प्रवेश गर्न लागेको शर्माले बताए ।