जम्मू–कश्मीरमा आतंकवादी हमला, छ सैनिकको मृत्यु

काठमाण्डौ - जम्मु कश्मीरको पुन्चमा भएको आतंकवादी हमलामा राष्ट्रिय राइफल्सको एक युनिटका पाँच जवान शहीद भएका छन् । यस्तै, गम्भीर घाइते एक जवानको राजौरी आर्मी अस्पतालमा उपचार भइरहेको छ ।

 भारी वर्षाका कारण भिजिबिलिटी कम भएको सेनाले जनाएको छ, जसको फाइदा उठाउँदै आतंककारीले फायरिङ गरेका छन् । यी जवानहरूलाई काउन्टर आतंकवादी अभियानका लागि तैनाथ गरिएको भारतीय सञ्चारमाध्यम भाष्करले जनाएको छ । सेनाले आतंककारीले ग्रेनेड प्रहार गरेको आशंका व्यक्त गरेको छ ।