रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो ।