नक्कली भुटानी शरणार्थी प्रकरणमा १० प्रतिवादीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै 

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावा शेर्पाले गएको माघ १४ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौ अभियुक्तले क्रमशः बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

पछिल्लो पटक चैत २५ मा न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको प्रतिवादीको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।