राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग  

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आईतवार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताइन्।

उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुन र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षतासाथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

उपाध्यक्ष घिमिरे  चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी राष्ट्रिय सभा सदस्य पदमा एमाले तर्फबाट निर्वाचित भएकी हुन्।