नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार

काठमाडौँ - नेपालमा लामो समयदेखि मलको अभाब झेलिरहेको अबस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ ।

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।