बियरको पैसा तिर्ने कुरामा विवाद हुँदा चक्कु प्रहार गरि साथीको हत्या 

काठमाडौँ । बियर खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा धनुषामा चक्कु प्रहार गरी एक व्यक्तिले साथीको हत्या गरेका छन् । 

जनकनन्दनी गाउँपालिका- २ स्थित भारतीय सीमाभन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैँचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो।

रोजा सकेर तीनै जना बियर खान गएपछि फर्किने बेला‍ पैसा तिर्ने विषयमा भनाभन भएको र मोबाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद हुँदा एक जनाले चक्कु निकालेर घाँटी रेटेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

गम्भीर घाइते भएका कैफलाई परिवारजनले उपचारका लागि भारतको जयनगर पुर्‍याएकोमा उपचारको क्रममा राति दुई बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या आरोपीमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेका छन्। हत्या आरोपी दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।