धारिलो हतियार खन्तीले टाउकोमा हानेर साथीको हत्या

काठमाडौँ । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी साथीको हत्या भएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई हत्या गरिएको हो।

आज विहान ५ सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय कमान सिंह राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कमान र सनम साथी हुन्।

कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुन्डीराज गिरीले जनाकारी दिए।

हत्या गर्ने कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।