शेयर बजारमा दोहोरो अंकको गिरावट, ७१ करोड ९४ लाखबढी कारोवार 

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेसँगै यो साताको सेयर बजार बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २०४८ दशमलव ५७ को विन्दुमा पुगेको हो ।

बिहीबार ३१५ कम्पनीका ५२ हजार ३ सय १७ पटकको कारोबारमा १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ रहेको छ ।

आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६१ अंकले घटेर ३६५ दशमलव ४२ को विन्दुमा पुगेको छ ।
कारोबारको अन्तिम दिन सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ । जसको कारोबार रकम ७१ करोड ९४ लाख १५ हजार ९ सय ८० रुपैयाँ रहेको छ । भने, आज सबैभन्दा कम कारोबार हुने कम्पनीहरूमा कर्पोरेट डिभेन्चरहरु रहेको छ ।