कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन कर्मचारीलाई  स्वास्थ्य मन्त्रालयको 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन कर्मचारीलाई निर्देशन दिएको छ ।

बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ ।

अर्थ मन्त्रालयद्धारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ ।