मदिरा घोटाला पक्ररणमा तानिएका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ

काठमाडौँ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेका छन् । उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले पक्राउ गरेको हो ।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । तर, आम आदमी पार्टीले भने केजरिवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

उनलाई भोलि नै अदालतमा पेस गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।