'अरुको निम्ति मात्र बलिदान दिन सकिँदैन' : अध्यक्ष नेपाल

दाङ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताएका छन् । 

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ पुगेका नेपालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताएका हुन् । 

अध्यक्ष नेपालले पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने र आफूहरुले अरुको निम्ति मात्र बलिदान दिन नसक्ने उल्लेख गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको भन्ने समाचारबारे मिडियामा आएका सबै कुरा सत्य नहुने बताए ।