स्वयम्भूमा आमासहित दुई छाेरी मृत फेला

काठमाडौँ । काठमाडौंको स्वयम्भूमा आमासहित दुई छोरी मृत फेला परेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका हुन्।

सबै जनाको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। घटनास्थलमा श्रीमान रामप्रसाद फेला नपरेपछि उनी शंकाको नजरमा परेका थिए ।

उनको खोजीमा रहेको उनलाई मृत अवस्थामा फेला पारेको छ । मृत भेटिनेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेका छन् । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर, काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।