जसपाले बृहत सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

आगामी फागुन १५ गते शनिबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आयोजना हुने उक्त कार्यक्रममा पहिचानजनित प्रस्तुतीहरु हुने बताइएको छ ।

पार्टीको केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । पार्टीसम्बद्ध जनता समाजवादी तामाङ सङ्घको आयोजनमा हुने कार्यक्रममा एक दर्जन कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।