करोडौंको तस्करी : राजस्व अनुसन्धान विभागको उपस्थिति कमजोर

 काठमाडौँ - भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् । राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करले मौकाको फाइदा उठाउँदै तस्करी व्यापक पारेका हुन् ।

विभागमा एक वर्षमा चार जनासम्म महानिर्देशक परिवर्तन हुने गरेका छन् । जसको फाइदा तस्करले उठाउने गरेका छन् । पछिल्ला केही समयदेखि सीमा नाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर रहेको पाइएको छ ।

राजस्वको कमजोर उपस्थिति भएपछि नाकामा चोरीपैठारीमार्फत करोडांै मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामान तस्करी हुने क्रम बढेको हो । यसरी तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न सकेको छैन ।

विभिन्न सामान ठूलो परिमाणमा तस्करी गरी काठमाडौ ल्याएर बिक्रीवितरण भइरहेको स्रोतको दाबी छ । तर, विभागले तस्करी गर्नेहरूको खोजतलास गर्न सकेको छैन ।

राजस्व अनुसन्धान विभाग स्रोतअनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगन्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामान भित्रिरहेका छन् । तर, विभाग अस्थिर बन्न पुग्दा त्यसरी हुने तस्करी नियन्त्रणमा समस्या परेको विभागका कर्मचारीको गुनासो छ । विभागमा तीन९तीन महिनामा महानिर्देशक फेरिन पुग्दा तस्करलाई सहज हुने गरेको विभागकै अधिकारीको भनाइ छ ।

राजस्व अनुसन्धान विभागले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेका छन् । तर, पनि विभागले सो प्रणालीमा आबद्ध नहुनेहरूलाई खोजी गरी कारबाही गर्न सकेको छैन । यो समाचार राजधानी दैनिकमा छ ।