फेरि बढ्यो ब्रोइलर कुखुराको मूल्य

काठमाडौँ - बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो ।

जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको संघका सचिव देव गिरीले बताए । नयाँ निर्णयअनुसार जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो आठ दिनमा तीन पटक मूल्य वृद्धि भएको हो ।

२५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो ।