लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् ।

नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए।

मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताए।