भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु


रुकुम पश्चिम - भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने दुई पुगेका छन् । दुवै मृतक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षीय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम छन् ।

दुर्घटनमा परी ३ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी निमराज भट्टराईले बताए । घाइते मध्धे चार जनाको अवस्था सामान्य छ ।