धादिङ, नुवाकोट, काठमाडौसहित देशभर हल्का वर्षा !

काठमाडौँ - काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । 
 

काठमाडौंसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको छ । धेरै ठाउँमा छिटपुटदेखि हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।