मोरङमा श्रीमतीको हत्या गरेर एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या !

मोरङ - मोरङमा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार मोरङको बेलबारी– १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार बमबहादुरले गए राति धारिलो हतियार प्रहार गरी गीताको हत्या गरेका थिए ।

पत्नीको हत्या गरेपछि उनले त्यही हतियारले घाँटी रेटेर आत्महत्या गरेका हुन् । श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमानलाई गम्भीर अवस्थामा फेला पारिएको थियो । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए । तर, उनले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।