झिनो अंकले घट्यो नेप्से, ३ वटा समूहमा भने बढोत्तरी !

 काठमाण्डौँ - आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.३४ अंक अर्थात ०.१६ प्रतिशतले घटेर २०६३.९५ विन्दुमा पुगेको हो । 

आज सेन्सेटिभ इन्डेक्स पनि ०.०९ प्रतिशतले घटेर ३६८.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको  छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमात्रै बढेका छन् भने अन्य सबै समूहमा गिरावट आएको छ । आज लघुवित्त समूह २.५१, म्युचुअल फण्ड ०.७५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेका छन् ।