बीमा कम्पनीप्रति प्राधिकरणको कडाई, १८ बुँदे निर्देशनमा सिइओलाई नै कारबाही हुन सक्ने 

काठमाडौँ - बीमा कम्पनीहरुको लापरबाही नियन्त्रणका लागि नेपाल बीमा प्राधिकरणले व्यवस्थामा कडाई गरेको छ ।

प्राधिकरणले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । उक्त निर्देशन मार्फत प्राधिकरणले केही व्यवस्थाहरुमा कडाई गरेको हो ।

विशेषगरि प्राधिकरणले बीमा कम्पनीहरुको स्थलगत र गैरस्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि १८ बुँदे निर्देशन दिएको हो । प्राधिकरणले प्रदेश र स्थानीय तहमा बीमा सम्वन्धी अन्तरक्रिया तथा छलफलमा बीमा कम्पनीको धेरै गुनासो प्राप्त गएको जनाएको छ ।

प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउन निर्देशन दिएको छ ।