स्ववियु निर्वाचनः एमाले निकट अखिल ९४ वटा क्याम्पसमा बिजयी

काठमाडौँँ - नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ।

आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको हो।

आइतबार १० बजेसम्म आएको मतपरिणाम अनुसार एमाले निकट अखिलले नेपाली कांग्रेस निकट नेबिसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियुलगायतको गठबन्धनलाई पराजित गर्दैै ९४ वटा क्याम्पसमा बिजय हासिल गरेको अखिलका नेताहरुले बताएका छन्।