धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ।

बुधबार दिउँसो अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ। किशोरीको शव अहिले घोपास्थित पोष्टमार्टमका लागि राखिएकोे इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।